सप्तकोशी नगरपालिका द्वारा भुमिहिन दलित, अतिविपन्न समुदायका १८ घरपरिवारलाई सुरक्षीत आवासीय घर हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सप्तकोशी  सप्तरीको सप्तकोशी नगरपालिकाले भुमिहिन दलित, अतिविपन्न समुदायका १८ घरपरिवारका लागि सुरक्षित आवासीय घर तयार गरेर आज एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ।

महुली सामुदायिक बिकास केन्द्र ( MCDC ),ह्याबिटेट फर हुमानिटी नेपाल ( habitat for humanity ) र सप्तकोशी नगरपालिकाको संयुक्त त्रिपक्षीय साझेदारीमा गरिएको करिब ८८ लाखको लगानीमा करिब ८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको आवासीय बस्तीमा ती समुदायका कुल १८ परिवार बस्नेछन्।  

सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालले भूमिहीनलाई भूमि सहित आवास उपलब्ध गराउने नीति अन्तर्गत सप्तकोशी नगरपालिका ४ बलादर्ह स्थित रहेको कामत टोलमा निर्माण गरिएका आवासीय घर बुधबार हस्तान्तरण गरिएको बताए। उनका अनुसार न्युनतम करिब ८ धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा ट्युबवेल, खानेपानी, शौचालय,बिजुली सहित जडान गरिएका छन्।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा ह्यबिटेट फर नेपालका डाइरेक्टर मिस मिया मरिना, बिशिस्ट अतिथि मिस्टर जे एफ एफ,सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल,उप प्रमुख रिताकुमारि चौधरी, वडा न २ का वडाध्यक्ष जाहिर हुसेन,वडा न ३ का वडाध्यक्ष देवकान्त गोजेवार,वडा न ४ का वडाध्यक्ष जयराम खंग,वडा न ५ का वडाध्यक्ष गोसाइ चौधरी,वडा न ६ का वडाध्यक्ष नन्दिलाल चौधरी,वडा न ७ का वडाध्यक्ष जितन चौधरी,कार्यपालिका सदस्य राजेन्द्र बि क,मनो चौधरी,प्रभा कुमारी चौधरी, रमेश प्रसाद साह लगायतले उक्त घरको साचो र प्रमाणपत्र सहित एक कार्यक्रम बिच घरधनीलाइ हस्तान्तरण गरेको हो। साथै उक्त कार्यक्रमको संचालन सप्तकोशी नगरपालिकाका प्रशासन अधिकृत प्रकाश सुवेदीले गर्नुभएको थियो ।

यस्तै नगरपालिकाले घर पाएका परिवारका बालबच्चाको शिक्षाका लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था मिलाउने जनाएको छ। आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।