सप्तकोशी खबरका सम्पादक वि.पी. कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कारवाट सम्मानित सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ साहित्यकार श्याम प्रधानलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तकोशी । सप्तकोशी खबरका सम्पादक वि.पी. कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कारवाट सम्मानित भएका छन । गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ पत्रकार वि.पी.कोइरालाई प्रदान गरिएको हो ।
यस्तै अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ साहित्यकार श्याम प्रधानलाई प्रदान गरिएको छ । गिद्धे प्रेसले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकार तर्फ कोइराला र साहित्यकार तर्फ प्रधान गरि दुइजनालाई सम्मानित गरिएको हो । पत्रकार वि पी कोइरालाले पछिल्लो ढेड दशक भन्दा अधिक समयदेखि नेपाली पत्रकारिता र समाजिक कार्यमा दिएको योगदानको मुल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार कोइरालाले अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत खोज पत्रकारीता लक्षित कार्यक्रम थिम अफ द मन्थ चलाएर नेपालमा नक्कली पिएचडी, आयल निगमको घोटाला, कालाबजारी लगायत अनेक विषयलाई उजागर गरेका छन।२०७२ सालको भूकम्पको समयमा इमेज टिभिमा कार्यरत रहँदा पत्रकार कोइरालाले जोखिम क्षेत्रमा पुगेर अनेकौँ टीभी रिपोर्ट तयार गरेका थिए भने राज्यको सेवा सुविधावाट वञ्चित भूकम्प पीडितको समस्या सरोकारवाला समक्ष पुर्याएर कयौँको उद्धार र राहतमा सहजीकरण गरेका थिए । यस्तै निरन्तर सूचनाको हक प्रयोग गर्दै कोइरालाले स्थानीय तहमा अनियमतता र भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण योगदान दिएका छन । पत्रकारीताका साथ साथ पछिल्लो एक दशक भन्दा अधिक समय देखि जारी नशामुक्त नेपाल समृद्भ नेपाल नामक अभियानमा महत्वपूर्ण भूमिकामा रहेर ८ हजार भन्दा बढी व्यक्तिहरुलाइ कुलतबाट बाहिर निकाल्ने कार्यमा कोइरालाको महत्वपूर्ण भूमिका रहेको छ । यस्तै पुरस्कृत कोइराला आध्यात्मिक संगठन भगवती मानव कल्याण संगठनमा आबद्ध रहेर १ करोड वृक्षारोपणको अभियान एक वृक्ष राष्ट्रको नाममा समेत सक्रिय रुपमा सहभागि भएर जनतालाइ सुसुचित गर्दै अभियानलाइ मेची देखि महाकालीसम्मै पुर्याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन ।पत्रकार कोइराला नेपाल वान टेलिभिजन, हिमशिखर टेलिभिजन, इमेज टेलिभिजन, राष्ट्रिय समाचार समिति, माउण्टेन टेलिभिजन, गिद्दे प्रेस, सप्तकोशी खबर, शुभारम्भ मासिक पत्रिका, अन्नपूर्ण मिडिया ग्रुप लगायत झण्डै १ दर्जन मिडियामा कार्य गरिसकेका छन । पत्रकारीता क्षेत्रमा निश्काम भावले ढेड दशक भन्दा अधिक समयदेखि सक्रिय कोइरालाले सशक्त रुपमा कलम चलाउँदै आएका छन् ।
नगद राशी सहितका यी पुरस्कार गिद्धे प्रेसले आफ्नो पहलमा स्थापना गरेको हो ।पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले सत्यमोहनको योगदान र ललितपुर नगरले उहाँको सम्मानमा गरेको कामका बारे चर्चा गर्दै यस्ता अभियानले सत्यमोहन जोशीको योगदान जीवन्त हुने र पुरस्कृत व्यक्तिको पनि उचित मूल्यांकन हुने बताए ।
कार्यक्रममा डा। तुलसी भट्टराईले साहित्यमा सत्यमोहन जेशीको योगदानलाई चीरकालसम्म सम्झाउन यस्ता कार्यक्रम प्रभवकारी हुने बताउँदै पुरस्कृत प्रधान यस्ता पुरस्कारको हक राख्न सक्ने प्रतिभा भएको बताए।
यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारितालाई संगस्ंगै जोडेर गिद्धे प्रेसले गरेको काम उदाहरणीय भएको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नो नामबाट पुरस्कार स्थापन गरेको सुनेर आश्चर्यमा परेको बताउँदै वर्तमान समयमा नेपाली पत्रकारिता जोखिममा रहेको बताए । पुरस्कृत प्रधानले यसरी यति ठूलो नामसंग जोडिएको पुरस्कार आफुले प्राप्त गरूंला भन्ने कल्पना नगरेको बताउँदै पुरस्कारले साहित्यसेवामा सक्रिय भएर काम गर्न अझ हौसला मिलेको बताए ।
यस्तै कार्यक्रममा गिद्धे प्रेसका सम्पादक एवं संचालक कवि ठाकुर बेलवासेले साहित्य र पत्रकारिताका क्षेत्रमा यसरी पुरस्कार स्थापना गर्दा संस्था अझ बलियो हुने र कामको क्षेत्र फराकिलो हुने बताए । उनले यी पुरस्कारहरूलाई स्थागत बनाउने प्रण समेत गरे।
बेलवासेले भ्यूज र पैसाका लागि मात्रै गिद्धे प्रेसले काम नगरेको बताउँदै आफुहरूले प्रशारण गरेका हरेक सामग्री अर्काइभमा सुरक्षित गरेको बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।