काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने निलम्बनमा परेका छन्।
सन्दीपलाई अनुशासनको कारवाही स्वरूप एक खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेकाे हाे ।
गत साता मधेसमा सम्पन्न जय ट्रफी एलिट कपका बेला सन्दीपले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेकाे र सोही विषयमा उनलाई कारवाही स्वरूप निलम्बन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयाे।
लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।
खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले सन्दीपलाई एक खेलका लागि निलम्बन गरिएको क्यानले जनाएको छ।
सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।
सन्दीप पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।