रातो मच्छिन्द्रनाथको रथ यात्रामा मानवसागर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा जारी छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएर रथयात्रामा निकालिन्छ ।

रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्‍याइएको हो ।

यस रथयात्राका क्रममा पाटनसहित उपत्यकाका हजारौँ बासिन्दा सहभागी भए । विशेषगरि नेवार समुदायले मनाउने यो जात्रामा अन्य समुदाय पनि सहभागी हुँदा एउटा मानवसागर नै बिहीबार ललितपुरको सडकमा देखियो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्‍याएसँगै अब यही आइतबार भोटो जात्रा मनाइन्छ ।

नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो रातो मच्छिन्द्रनाथ । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङ्‍मती पुर्‍याएर जात्रालाई टुंग्याइन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।