प्रेमको जालमा परी बच्चा जन्मदिएकी युवती न्याय खोज्दै । युवक फरार ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजबिराज २२ पुस २०८१

सप्तरी । आफू माथी भए गरेको अन्यायको निदान खोजदै नेपाल पत्रकार महासङ्ह शाखा सप्तरी आई पुगेकि एक बालिकले न्यायको लागि पहल गरदिन सबैमा आग्रह गरेकी छन ।

प्रेमको जालमा परेकी जिल्ला सप्तरी बरही बिरपुर वडा न २ हाल छिन्नमस्ता गा.पा.७ हाटी बस्ने १५ बर्षिय युवती नेपाल पत्रकार महासंघ, सप्तरीमा सोमबार आफ्ना सो आग्रह गरेकी हुन ।

वृद्ध बुवा, आमा र एकजना आफन्त संगै आफनो ८ महिने काखे बच्चा समेत महासङ्ह पुगेकी बालिका न्यायको लागि प्रहरी लगायत विभिन्न निकाय धाउदा समेत सुनुवाइ नभएकोले यहाहरु मार्फत न्यायको लागि दवाव सिर्जना गर्दिन आग्रह गर्न आएको बताईन ।

छिमेकी जिल्ला सप्तरी बरही बिरपुर वडा न २ हाल छिन्नमस्ता गा.पा.७ हाटी बस्ने राम अवतार मंडलको २२ बर्षिय छोरा प्रमोद कुमार मंडलले आफुलाई ललाई फकाई याैनसोसन गरी गर्भधारण गराएको बारे गत ३ माघ २०८० मै जिल्ला प्रहरी कर्यालयमा निवेदन दिए पनि हाल उक्त गर्भको बच्चा जन्मेको ८ महिना भई सक्दा समेत कुनै करवाही प्रकृया अगाडि नबढेकोले आफु अन्याय अन्योल र बिचल्लीमा परेको उनले बताईन ।

आफू गरिव भई र काम गर्दाको यो परिणाम मिल्ला भनी आश गरेको थिईन गत जेठ २०८० मा नै प्रमोद कुमार मंडल परिवारको दवाव र आग्रहमा छोरीलाई घरायसी कामकाजको लागि उस्को यहाँ राखेकोमा सोही दाैरान छोरीलाई प्रमोदले ललाई फकाई गर्भवती बनाएको र यसबारे कसैलाई नभन्ने भने गर्भपतन गराई दिन्छु बारे पेट दुखे पछि डाक्टरकोमा लिएर जादा छोरीबाट जानकारी पाए पश्चात् प्रमोदको गर्भ बोकेपछि विवाह गर्ने लोभ देखाएको बालिकाले बताइन् ।

‘१५ दिन युवक र उनका परिवारले स्वीकार गरेर घरमा पनि राखे’ बालिकाले भनिन्, ‘घरमा राख्ने क्रममा गालीगलौज र कुटपिट समेत गर्दै घरनिकाला गर्यो घरबाट निकाला गरेपछि प्रमोद पनि गाउँबाट भागेको बताइन् ।

’गर्भवती बनाएर युवक फरार भएकाे अवस्थामा बालिकाले छाेरीकाे जन्म दिएकी हुन ।

जघन्य अपराध र पश्चातको धाक धम्कीले आफ्नो भविस्य संगै ८ महिने काखे बच्चा समेतको भबिस्य र पहिचानको लडाईमा यहाँहरु माध्ये सम्बन्धित निकाईलाई ध्यानाकर्षण गराउन आएकोले न्याय नपाए हुने सम्भावित क्षतिको सम्पुर्ण जिम्मेवार प्रमोद उसको परिवार र प्रशासन हुने बालिकाले पत्रकार सम्मेलनमा बताईन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।