पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा संसदको लेखा समितिले गठन गरेको उपसंसदीय समितिले तयार पारेको प्रतिवेदन लेखा समितिलाई बुझाइएको छ । प्रतिवेदनले ठूलो भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन बुझाएपनि यो प्रतिवेदनमा विभिन्न प्रश्न उठेका छन् । प्रतिवेदनले कारबाही सिफारिस समेत कर्मचारीलाई मात्रै गर्दा यसको औचित्यमाथि समेत प्रश्न उठेको छ ।
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा ठूलो घोटाला भएको भन्दै प्रतिवेदनले औल्याएपछि पछिल्लो समय यसको चर्चा व्यापक बनेको छ । प्रतिवेदनले १४ अर्बबढि भ्रष्टाचार भएको भनेको छ । चिनियाँ कम्पनीले निर्माण गरेको विमानस्थलमा ठूलो भ्रष्टाचार भएको र त्यसको भागीदार कर्मचारीलाई मात्रै गराउन भन्दै गरिएको सिफारिस आफैमा शंकास्पद बन्न पुगेको आवाज उठ्न थालेको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।