नेपाल प्रिमियर लिग (NPL) को पुरस्कार राशी सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवीन बस्नेत 

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) ले यस वर्षको प्रतियोगिताको पुरस्कार राशी सार्वजनिक गरेको छ। यसपटकको लिगमा विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएका छन्।

सार्वजनिक गरेको विवरण अनुसार, उपविजेता टिमले ५१ लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टिमले २५ लाख रुपैयाँ, र चौथो स्थानको टिमले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस प्रतियोगिताले नेपाली क्रिकेटलाई थप व्यवसायिक बनाउँदै खेलाडीहरूको हौसला वृद्धि गर्ने विश्वास गरिएको छ। NPL प्रतियोगिता देशकै सबैभन्दा ठूलो क्रिकेट लिग मानिन्छ, जसले नेपाली क्रिकेटप्रति जनचासो र लगानीलाई बढावा दिएको छ।

NPL ट्रफीको प्रतिस्पर्धा गर्न यस वर्ष देशका उत्कृष्ट खेलाडीहरू मैदानमा उत्रनेछन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।