१४ मंसिर शुक्रबार
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको तयारी पूरा भएको छ । भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलको लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी पुरा भएको हो । मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरुको सुविधाका लागि फ्यान जोन र भीआईपी ठाउँको लागि अस्थायी प्यराफिट पनि निर्माण गरिएको छ ।
एनपीएलमा ८ टोली सहभागी छन् । भोलिको उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनिपिएलको भव्य शुभारम्भ हुनेछ। उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ।आगामी पुस ६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रदैँछन्। हरेक टिममा न्यूनतम चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी रहने जनाइएको छ।स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ। खेलको तीन दिन अघि नै उद्घाटन खेलको टिकट र पास दुवै सकिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।