खाद्य सेवामा अन्न उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ जस्ता व्यवसायीले पालना गर्ने पर्ने दायित्वका विषयमा कक्षाहरु सञ्चालन गरिएका थिए । यस्तै महानगरपालिकाको स्वच्छता मूल्याङ्कन योजनाका विषय समेटेर कक्षा सञ्चालन गरिएको थियो । खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश थिए । प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रममा समावेश छ । सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चा पदार्थ, कार्यमैत्री वातावरण, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण भएको थियो ।

पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइएको थियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसका लागि २११ जनालाई बोलाइएकोमा १६२ जना सहभागी भएका थिए ।  ४ वटा संस्करणमा ८६० जनालाई तालिममा सहभागी गराइसकिएको महानगरले जनाएको छ । 

 

" /> Saptakoshi Khabar | news detail

महानगर अनुगमनमा व्यवसायीको सहयोगी बन्छ, सटर बन्द गर्नुपर्दैन – उपमेयर ढंगोल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ महानगर र जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको सहकार्यमा खाद्य सुरक्षासम्बन्धि तालिम सम्पन्न भएको छ। महानगरले खाद्य स्वच्छता क्षमता विकासको चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीलाई तालिम प्रदान गरेको हो ।  खाद्य सुरक्षासँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरणको उद्देश्य हेतु काठमाडौं महानगरपालिकाले होटल, क्याटरिन र व्याङ्क्वेट सेवाका व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको हो ।

 

कार्यक्रममा काठमाडौँ महानगरकी उपमेयर सुनिता ढंगोलले अनुगमन टोली देख्नेबित्तिकै व्यवसायीहरुले सटर बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । अनुगमन दण्ड जरिवानाका लागि नभएर स्वच्छता, गुणस्तरीयता र मूल्यसहित उपभोक्ताको हक सुनिश्चित गर्न खोजिएको बताउनुभयो । तालिममा सहभागिहरुले उपमेयर ढंगोलसँग अन्तरक्रिया गर्दै उपभोक्ता र नियामक निकायप्रति थप जिम्मेवार भएको बताएका थिए । तालिमममा जिल्ला होटल व्यवसायी संघ काठमाडौं को तर्फवाट २०० जना भन्दा बढिको सहभागिता रहेको थियो । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले तालिमले व्यवसायीको मनोबल उच्च भएको बताउनुभयो ।

खाद्य सेवामा अन्न उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ जस्ता व्यवसायीले पालना गर्ने पर्ने दायित्वका विषयमा कक्षाहरु सञ्चालन गरिएका थिए । यस्तै महानगरपालिकाको स्वच्छता मूल्याङ्कन योजनाका विषय समेटेर कक्षा सञ्चालन गरिएको थियो । खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश थिए । प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रममा समावेश छ । सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चा पदार्थ, कार्यमैत्री वातावरण, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण भएको थियो ।

पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइएको थियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसका लागि २११ जनालाई बोलाइएकोमा १६२ जना सहभागी भएका थिए ।  ४ वटा संस्करणमा ८६० जनालाई तालिममा सहभागी गराइसकिएको महानगरले जनाएको छ । 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।