हनुमाननगरमा माडवारी युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रवि शर्मा । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-७ हनुमाननगरमा माडवारी युवा दिवसको अवसर पारेर शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। माडवारी युवा मंचको आयोजनामा तथा एससिआरसी (SCRC) सप्तरी हनुमाननगरको समन्वय र सहजीकरणमा आयोजित कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन्, जसमा ४ जना महिला र १९ जना पुरुष सहभागी भएका थिए।

पुरुष रक्तदातामा मुरलीलाल शर्मा, प्रीन्स चौरसिया, प्रविण बोथरा, केशव सारदा, कमल मण्डल, दिपेश चेल, धिरज मण्डल, अरबिन्दलाल दास, सुनिल मण्डल, पत्रकार रवि शर्मा, रोशन सारदा, भरत कुमार साह, दिपेन्द्र साह, पत्रकार राजेन्द्र मिश्र, सुरज रजक, अरुण रजक, अमित बोथरा, रंजित दास र धर्मेन्द्र मेहताको नाम उल्लेखनीय छ।

त्यस्तै, महिलातर्फ पायल बोथरा, कंचन मण्डल, कंचनदेवी शारदा र रुचि शारदाले रक्तदान गरे।

दुखनी देवी धर्मशालामा बिहान ८ बजे सुरु भएको कार्यक्रममा व्यापारी, समाजसेवी, युवा-युवती, र विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

आयोजक संस्थाका प्रतिनिधि पंकज अग्रवालका अनुसार, यस्तो पुनीत कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखिएको छ। ३ जनवरी माडवारी युवा दिवसको विशेष अवसरमा आयोजित यस कार्यक्रमले समाजमा सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।