हनुमाननगरमा छठ पर्वको कोसिया ३ कार्यक्रमको पहिलो सत्र सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२२ कार्तिक

सप्तरी: हनुमाननगरमा खरना दिन सम्पन्न "कोसिया ३" कार्यक्रमको पहिलो सत्रमा, छठ पर्वको महत्त्व सर्वसाधारणहरूलाई बिना कुनै मध्यस्थकर्ताको स्वतः भगवानसँग जोड्नुपर्छ भनेर साहित्यकार तथा चर्चित व्यक्तित्व धीरेन्द्र प्रेमर्षिले बताउनुभयो।

दुई दिने कोसिया कार्यक्रमको पहिलो दिनको उद्घाटन सत्रमा हनुमाननगरमा छठको विषयमा विमर्श कार्यक्रम हुनु र यसलाई युवाहरूले आयोजना गर्नु गौरवको कुरा हो भन्दै कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सरिया सिपलियाले भन्नुभयो। कार्यक्रममा विभिन्न सत्रहरू राखिएका थिए।

इतिहासको स्वर्णिम पथ: हनुमाननगरमा डा. पिताम्बर लाल यादव, वंशीधर कावड़ा, र पं. गोविन्द मिश्र वक्ताका रूपमा थिए भने पत्रकार आर एन विश्वास र विषय प्रवेश कमल मण्डलले गरेका थिए। गौरवमय इतिहास भए पनि हनुमाननगर उपेक्षामा रहेको डा. पिताम्बर लाल यादवले बताए। हनुमाननगरको ऐतिहासिक विवरणहरू अझै पनि सुरक्षित रहेको तर यसको अध्ययन र प्रचार-प्रसार नभएको जानकारी स्थानीय उद्योगपति वंशीधर कावड़ाले दिनुभयो। हनुमाननगरको दुर्लभ हनुमान मूर्तिको विषयमा सरकार स्तरबाट उपेक्षित भएको र यसप्रति ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो।

समयको अभावका कारण “जल र जमिनबाट जीवन सजाउँछ छठ” सत्र गर्न नसकिएको हो भने यसका वक्ताहरू धीरेन्द्र प्रेमर्षि, श्यामसुन्दर यादव, र देवेन्द्र मिश्र थिए।

साहित्य सत्रमा अनन्या राय, उर्जा साह, हरिओम मेहता, अभय यादव, अशोक अमन, मनोहर पोखरेलले आफ्ना रचनाहरू वाचन गरे। प्रस्तुतिको जिम्मा विद्यानन्द वेदर्दिले लिएका थिए। कार्यक्रममा अध्यक्ष नारायण ठाकुर र स्वागत मन्तव्य सत्रुघन प्रसाद राय तथा रबि शर्माले दिएका थिए। "उपयोगविहीन जमिनमा खेती गर्नासाथ अन्न फल्दैन। यस्ता कार्यक्रमहरू निरन्तर गरिनु पर्छ नभए पुनः उपयोगविहीन भइदिन्छ, त्यसैले युवाहरू समाज सुधारका गतिविधिमा सक्रिय रहनुपर्छ," आइ लभ मिथिलाका अध्यक्ष श्यामसुन्दर यादवले प्रतिक्रिया दिनुभयो।

"यस्ता कार्यक्रमहरूबाट हाम्रो आत्मविश्वास बढेको छ। हनुमाननगरमा पनि बौद्धिक कार्यक्रमको सम्भावना जीवित रहेको देखियो र इतिहासलाई बुझेर गौरवको अनुभव भयो," स्थानीय युवा धीरेन्द्र साहले आइ लभ मिथिलालाई प्रतिक्रिया दिए।

कार्यक्रममा इन्टेलेक्चुअल फाउण्डेशनका अध्यक्ष डा. सूर्य प्रसाद यादव, मिलाफ नेपालकी अध्यक्ष रमिला साह, मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, गायिका ज्योति विश्वर्कमा, करूणा झा, रूपा झा, वडा नं. ९ का अध्यक्ष हरिशचन्द्र वर्मा, सत्यनारायण पण्डित, राजेश मण्डल लगायतका व्यक्तिहरू उपस्थित थिए। कार्यक्रमको सञ्चालन रूबि मिश्र र गजेन्द्र गजुरले गरेका थिए। भोलि साँझ ७ बजे दोस्रो दिनको सत्रहरू हुने जानकारी छठ पूजा समितिले दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।