बलुवामा ट्रिपर र बाइक ठोकिदा एक जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सप्तरी  सप्तरीको कञ्चनरुप नगरपालिका ६, बलुवामा ट्रिपरको ठक्करबाट एक जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब १२:३० बजे सप्तरीको कञ्चनरुप नगरपालिका ६ बलुवा स्थित कन्चनपुर फत्तेपुर सडक खण्डमा फत्तेपुर बाट कन्चनपुर तर्फ आउदै गरेको प्र१-०२-००१ क ३९९८ नम्बरको ट्रिपर बिपरित दिसा बाट जादै गरेको प्र२-०१-००१ प ३५४४ नम्बरको मोटरसाइकल लाई जोगाउन खोज्दा टिफर संग ठक्कर खाएर मोटरसाइकल चालक घाईते भएको हो ।

घाइतेलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होममा पठाइएको र घाइतेको खुट्टा र मुखमा चोट पटक लागेको इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीका प्रहरी निरीक्षक लेख बहादुर बिष्टले जानकारी गराउनुभयो ।

त्यस्तै घाइते सप्तरीको सप्तकोशी नगरपालिका ९ कमलपुर बस्ने बर्ष अन्दाजी करिब २५ को धर्मराज मण्डल रहेका छ्न,भने ट्रिपर चालक जिल्ला सुनसरी ईनरुवा नगरपालिका ८ बस्ने बर्ष अन्दाजी करिब २५ को रमान्नद साह रहेको छ ।

यस्तै ठक्कर दिने ट्रिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।