भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ : मोदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सकमक्षी नरेन्द मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् ।

मोदीले सामाजिक सञ्जालमा नेपाली भाषा प्रयोग गरेर लेख्दै ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, 'बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेट भयो । भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ ।'

उनले आफूहरूले भारत-नेपाल सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गरेको पनि लेखेका छन् । 'विशेषगरी ऊर्जा, दुईदेशीय सम्बन्ध, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रमा कुराकानी भए,' मोदीले लेखेका छन् ।

उनले बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त महत्त्वपूर्ण र सकारात्मक उपलब्धिहरूबारे पनि कुराकानी गरेको जानकारी दिएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।