आकस्मिक खुल्ला रक्तदानमा ८८ युनिट रगत संकलन
गण्डकी, ६ कात्तिक (रासस) ः नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लवकोद्धारा संयुक्तरुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ ।
बढ्दो डेङगु रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि …