नुवाकोटमा भयावह दुर्घटना: बस र ईभी भ्यान ४० मिटर तल भिरमा खस्दा दुईको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट, साउन ३० गते।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस अचानक गुडेर पार्किङमा राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा

१. कृष्णमाया प्रजापती डंगोल, अन्दाजी ५४ वर्षीया, बनेपा नगरपालिका–८, काभ्रेपलाञ्चोक।
२. उदयमाया खत्री, अन्दाजी ६५ वर्षीया, ठाडादेवी गाउँपालिका–२, रामेछाप।

तीन जना घाइते

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्।

तीनै जना घाइतेको अवस्था मध्यम रहेको र उनीहरूको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।