मोरङमा ३४.६४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर,भदौ ४ गते ।

मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकबाट प्रहरीले ३४.६४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ ४ गते मिलनचोकबाट लागुऔषध खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१ बस्ने ३२ वर्षीय ध्रुव प्रसाद रिजाल र सुन्दरहरैँचा नगरपालिका–९ बस्ने ३१ वर्षीय नरेश भट्टराई रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ३४.६४० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र प्रदेश ०२–०५२ प ६४८८ नम्बरको स्कुटर बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।