सुनसरी । सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।
सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार २०८३ असोज ३ गते शनिबार बिहान करिब ३ बजे को.१ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको थियो।
गाँजासहित प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गाँजा र नियन्त्रणमा लिइएका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।