सुनसरी,साउन ४।
कैलाश माझी : भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गरेका एक युवकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साउन ३ गते साँझ करिब ६:३० बजे कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा इटहरी उपमहानगरपालिका–९ निवासी २१ वर्षीय संगम श्रेष्ठको साथबाट १.०७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।