कोशी ब्यारेजमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, भदौ  गते ।

कैलाश माझी : सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।

सोमबार साँझ करिब ५:२० बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकामा को.६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हनुमाननगर कंकालिनी नगरपालिका–१ भलवा निवासी करिब ३५ वर्षीय ओम साफी र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २० वर्षीय मंजय साफी घाइते भएका थिए।

दुर्घटनापछि दुवै जनालाई उपचारका लागि भारदह अस्पताल लगिएको थियो। उपचारका क्रममा मोटरसाइकल चालक ओम साफीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पछाडि सवार मंजय साफीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनको उपचार भइरहेको जनाइएको छ।

मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएको हो वा दुर्घटनाको अन्य कारण के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।