विभिन्न मुद्दाका १४ जना फरार प्रतिवादी पक्राउ, ७ वर्ष ५ महिना कैद असुल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, भदौ २६ ।

मोरङ, सुनसरी र धनकुटाबाट विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ जना प्रतिवादी पक्राउ परेका छन्।

अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले परिचालित प्रहरी टोलीले भदौ २५ गते मोरङबाट ९ जना, सुनसरीबाट ४ जना र धनकुटाबाट १ जना गरी जम्मा १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विभिन्न अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएपछि फरार रहेका उनीहरूलाई पक्राउ गरी कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको छ।

पक्राउ परेका १४ जना प्रतिवादीबाट अदालतले तोकेको ७ वर्ष ५ महिना कैद सजाय कार्यान्वयनमा ल्याइएको छ भने १ लाख १७ हजार ३ सय ६७ रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै अपराध नियन्त्रण तथा कानून कार्यान्वयनमार्फत आम नागरिकलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्ने जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।