सुनसरीमा लागूऔषधसहित एक युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी,साउन ४। 

कैलाश माझी : सुनसरी प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साउन ३ गते बेलुका करिब ८:५० बजे धरान उपमहानगरपालिका–८ भोटेपुल क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका धरान–८ निवासी २१ वर्षीय उमंग राईलाई शंकाको आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा उनको साथबाट Tramadol नामक लागूऔषधका ६१२ क्याप्सुल तथा CLAREO ब्रान्डका ५८० ट्याब्लेट/क्याप्सुल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।