ओखलढुंगा, साउन ३० गते।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट प्रहरीले भरुवा बन्दुक, बारुद र छर्रासहित एक जनालाई पक्राउ गरेको छ।
मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने अन्दाजी ३३ वर्षीय मोहन तामाङको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले आज बिहान करिब ११ः३० बजे तामाङको घरमा खोजतलास गर्दा भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीले तामाङलाई भरुवा बन्दुकसँगै उक्त बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका तामाङमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।