काठमाडौं, भदौ ९ गते ।
सरकारले आगामी २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार २०८२ साल फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ।
मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते बुधबार परेको हुँदा सो दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उक्त निर्णय सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरेको हो।
यसैबीच गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भदौ १० गतेको बिदा मुस्लिम धर्मावलम्बीका लागि मात्र लागू हुने स्पष्ट गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।