कोल्हवी: बाराको कोल्हवी नगरपालिकामा माघ २३ गते देखि २५ गते सम्म१० बर्ष देखि१४ बर्ष उमेर समुहका किशोरीहरुलाई एच.पि.भि खोप लगाईने भएको छ।
कोल्हवी नगरपालिकाको सभा हलमा भएको उक्त एक दिने अभिमुखिकरण कार्यक्रम कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरिको सभाध्यक्षतामा भएको थियो भने उक्त कार्यक्रममा बिशिस्ट अतिथी कोल्हवी नगरपालिकाकि उप-मेयर लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईटेल रहनु भएको थियो।यसैगरि अतिथिहरुमा वडा न.१ का अध्यक्ष राजहरण चौधरी,२ का गोपाल प्रसाद अधिकारी,३ का किशुनदयाल चौधरी,६ का दिनेश चौधरि,ई.प्र.का कोल्हविका प्रतिनिधि,शसस्त्र प्रहरी वेस कोल्हविका प्रतिनिधि,कार्यपालिका सदस्यहरु, स्थानिय सन्चारकर्मिहरु लगाएतका माहानुभावहरुको उपस्थिती रहेको थियो।
पहिलो चरण अन्तर्गत माघ २३ देखि २५ गते सम्म चल्ने यश खोप अभियानमा कोल्हवी नगरपालिका भित्र ६ कक्षा देखि १० कक्षा सम्मका १३१८ किशोरिहरु बिध्यालय जाने रहेका छन भने १५५ किशोरि बिद्यालय बाहिर गरि जम्मा १४७३किशोरिहरु रहेको कोल्हवी नगरपालिकाका स्वास्थ्य संयोजक मनोज चौधरिले बताउनु भएको छ।जस अन्तर्गत कोल्हवी नगरपालिका भित्र १२ सरकारी र७ निजि बिध्यालयमा गरि कुल १९ खोप केन्द्रहरु रहेको बताईएको छ।
पाठेघरको क्यान्सर बिरुद्ध लगाईने यश खोप कुनै पनि वडामा नछुटुन भन्दै नगर प्रमुख राम प्रसाद चौधरिले आफ्नो स्वास्थ्री शाखालाई आग्रह समेत गर्नु भएको छ।
उक्त एक दिने नगरपालिका स्तरिय अभिमुखी कार्यक्र्मको सहजिकरण स्वास्थय कार्यालय बाराका जितेन्द्र चौधरिले गर्नु भएको थियो।हाल नेपालमा पाठेघरको मुखको क्यान्सर बाट प्रत्येक दिन ४ जना महिलाहरुको मृत्यु हुने तथ्यांकले देखाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।