कोल्हवी ९ मा प्रसाईं निर्माण सेवाले बनाएको सडक एक हप्तामै उक्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा : बाराको कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ। 

संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो।

बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको बजेट बाट निर्माण भएको सडक निर्माणक्रममा संघिय सासंद मैनाली , पुर्व मेयर भरत बहादुर भण्डारी , एमाले नेता गौविन्द पौडेल , कालिका दवाडि,कोल्हवी वडा न.९ र४ का वडा अध्यक्षहरु लगायतले अनुगमन गरेका थिए।

यसरी करोडौं रकम बाट निर्माण भएको सडक एकहप्ता नपुग्दै उक्किएपछि स्थानीय हरु आक्रोशित बनेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।