कञ्चनरुपमा ‘आकाश सदा’ नाम बताउने बालक फेला, आफन्त सम्पर्कविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, भदौ १६ ।

कैलाश माझी : सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित भित्री सडकखण्डबाट करिब ७/८ वर्षीय एक बालक फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भदौ १६ गते उक्त स्थानमा आकाश सदा नाम बताउने बालक घुमफिर गरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर बालकलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याएको थियो। प्रहरीले बालकका आफन्त तथा अभिभावकको खोजी गरे पनि हालसम्म कोही सम्पर्कमा नआएको जनाएको छ।

बालकको संरक्षणका लागि उनलाई कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरस्थित सिर्जनात्मक महिला तथा बालबालिका सुरक्षित आवास गृह (Safe House) मा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बालकलाई चिन्नुहुने वा उनका आफन्तबारे जानकारी भएका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुममा ९८५२८९०२७० तथा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ९८५२८९००५१ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।