खैरो हेरोइन ९७ ग्राम ५३० मिलिग्रामसहित सिरहाबाट ४ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा, भदौ २८ गते ।

सिरहामा प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतबाट लागूऔषध खैरो हेरोइन खरिद गरी सिरहा जिल्लाका विभिन्न स्थानमा बिक्री–वितरण गर्दै आएको आरोपमा गोलबजार नगरपालिका–१२, वेतौनाका २० वर्षीय अरविन्द कुमार सिंह, ३२ वर्षीय भुनेश्वर मण्डल, २७ वर्षीय वीरेन्द्र कुमार साह र गोलबजार नगरपालिका–६ का ३३ वर्षीय रितेश यादव पक्राउ परेका हुन्।

उनीहरूलाई २०८३ भदौ २८ गते गोलबजार नगरपालिका–१२, वेतौना स्थितबाट लागूऔषध खैरो हेरोइन ९७ ग्राम ५३० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट खैरो हेरोइनसँगै ५ थान मोबाइल र १ थान डिजिटल तराजु समेत बरामद भएको छ।

प्रहरीले पक्राउ परेका चारै जनालाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजार, सिरहामा बुझाइएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।