काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी दाहाल मोरङमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका एक जना पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले २०८३ असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी काठमाडौंको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ६५ वर्षीय भरत दाहाल भन्ने भरतमणि दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले २०८३ असोज ४ गते बिहान करिब ८ बजे मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मर्केन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका दाहाललाई आवश्यक कारबाहीका लागि सोही दिन काठमाडौं पठाउने तयारी भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।