जवरजस्ती करणी मुद्दामा १ जना प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, सप्तरी | २५ जेठ २०८३

कैलाश माझी : सप्तरी प्रहरीले जवरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८३ जेठ २३ गते बिहान करिब १० बजे भएको जवरजस्ती करणी घटनामा संलग्न रहेको आरोपमा फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मिति २०८३ जेठ २५ गते कञ्चनरूप नगरपालिका–८ स्थित बेरियर चोकबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार विवादमा परेका बालक परिवर्तित नाम १५ कञ्चनपुर ०८२/०८३ (१५५A) ले आफ्नै फुपुको घरमा रहेको अवस्थामा १६ वर्षीया परिवर्तित नाम १५ कञ्चनपुर ०८२/०८३ (१५५) लाई जवरजस्ती करणी गरेको भन्ने आरोप रहेको छ। घटना पश्चात प्रतिवादी फरार रहेका थिए।
पीडित किशोरीकी आमा परिवर्तित नाम १५ कञ्चनपुर ०८२/०८३ (१५५क) ले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालयमार्फत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनालाई गम्भीर अपराधका रूपमा लिँदै प्रहरीले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्की ले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।