इटहरीमा पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 
इटहरी । कोशी राजमार्गअन्तर्गत इटहरी–१२ खनारमा प्रदेश १–०२–००२च ६३९८ नम्बरको आज दिउँसो दुर्घटना भएको मालवाहक पिकअप  भ्यान ।  

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३९२४ नम्बरको यात्रुवाहक बससँग सामान बोकेर विराटनगरतर्फ गइरहेको पिकअप भ्यान एकापसमा  ठोक्किएर दुर्घटना  हुँदा पिकअप भ्यानका चालक धनकुटा जोरपाटी घर भएका चक्रबहादुर कट्वाल र बसमा सवार सुन्दरहरैचाका नाजिर हुसेन सामान्य घाइते भएको प्रहरीले जनाएको  छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।