हराएको मोटरसाइकल फेला पारी फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माघ ४,हेटौंडा । मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी साबन्धित धनिलाई बुझाएको छ।

गत असोज १७ गते हेटौंडा-७ नागस्वतीका वीरबहादुर सुनारको आफ्नै घरमा पार्किङ गरिराखेको मोटरसाइकल हराएको थियो।

 ईन्जिन नम्बर DHYRMD66524 र च्यासिस नम्बर MD2A11CY4MPD93066 भएको बा.प्र.०३-००५ प ९२२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल नम्बर परिवर्तन गरि चलाएको अवस्थामा शुक्रवार फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकलमा बा.प्र.०२-०३५ प ५६०१ को नम्बर प्लेट राखिएको अवस्थामा फेला पारीएको प्रहरीले जनाएको छ।
यद्यपि उक्त मोटरसाइकल कहाँ र कोबाट फेला पारेको हो प्रहरीले उल्लेख गरेको छैन।

मोटरसाइकल हराएपछी प्रहरीमा निवेदन दिएका वीरबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई सनाखत गरी एकिन गरेर मोटरसाइकल बुझाईएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।