गाँजासहित कार नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी ।

सुनसरीको दुहबी नगरपालिका–४ स्थितबाट १ सय १६ किलोग्राम गाँजा बोकेको कार प्रहरीले  नियन्त्रणमा लिएको छ । 

शनिवार बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिको प्रहरी टोलीले दुहबी–४ मालहट्टी स्थितमा चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकी भित्र ४ वटा जेब्रा झोलामा १ सय १६ किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न रहेका कार चालकको खोजतलास तथा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।