धरानमा १५० ट्रमाडोल क्याप्सुलसहित युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान, भदौ १० गते ।

सुनसरीको धरान उपमहानगरपालिका–१ स्थित त्रिवेणी चोकबाट प्रहरीले लागूऔषध ट्याब्लेट तथा क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ भदौ ९ गते राति करिब १२ः३० बजे अस्थायी प्रहरी चौकी नयाँ बसपार्क धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका धरान उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय सूर्य लावतीलाई शंकाका आधारमा रोकेर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लावतीको साथबाट ट्रमाडोल १५० क्याप्सुल, डेकोलिक ५० ट्याब्लेट र एन्जिन १०० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका लावतीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद भएका औषधिको प्रकृति तथा प्रयोगसम्बन्धी थप विवरण अनुसन्धान तथा आवश्यक परीक्षणपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।