धनुषामा २७.९१० ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषा, असोज २ गते ।

धनुषामा प्रहरीले २७.९१० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार २०८३ असोज २ गते ब्यूरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका–९ मा खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको बरियारपट्टी गाउँपालिका–२ का २६ वर्षीय नितिश कुमार महत्तो र सोही स्थानका १६ वर्षीय धर्मनाथ साफी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २७.९१० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषामा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।