धनुषामा २७.९१० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषा । धनुषामा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ असोज २ गते दिउँसो करिब ४ः१० बजे धनुषाधाम नगरपालिका–८ स्थित धारापानी बजारमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा सिरहाको बरियारपट्टी गाउँपालिका–२ का करिब २६ वर्षीय नितेश कुमार महतो र सोही स्थानका १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट २७.९१० ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको छ।

नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।