विराटनगर, भदौ २६ गते ।
मोरङ प्रहरीले चोरीका ५ थान मोबाइल र नेपाली तथा भारतीय नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार, २०८३ भदौ २६ गते बिहान करिब ८ बजे विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट नेपालबाट भारततर्फ पैदल जाँदै गरेका दुई जनालाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय कृष्ण साह र उनकी २३ वर्षीया श्रीमती बबिता बुढाथोकीको साथबाट चोरी गरी लैजाँदै गरेको अवस्थामा ५ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट नेपाली नगद ७ हजार ४३५ रुपैयाँ र भारतीय नगद १ हजार ८०० रुपैयाँ समेत बरामद भएको छ।
बरामद मोबाइलमा Redmi 7, Redmi A5, Samsung, Honor र Apple कम्पनीका मोबाइल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नगद तथा मोबाइलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।