भाटभटेनी लुटपाट गर्नेसहित २९ जना छुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राजावादी प्रदर्शनमा उत्पन्न अनियन्त्रित स्थितिको फाइदा उठाउँदै लुटपाटमा संलग्न २९ जना भने हाजिरी जमानीमा छुटेका छन् ।चैत १५ को प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट मदिरा, फलफूल, लत्ताकपडा लुटपाट गर्ने सबैलाई हाजिर जमानीमा छोडिएको जिल्ला प्रहरी, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले बताए । उनीहरूलाई आपराधिक उपद्रव मुद्दामा म्याद थप गरिएको थियो । तर, कसैले पनि नियतवश लुटपाट गरेको नभई लहडबाजीमा त्यस्तो कार्यमा संलग्न भएको भेटिएका कारण सरकारी वकिलको रायका आधारमा मुद्दा नचलाई छोडिएको हो ।

सोही घटनालाई उत्तेजक बनाउन भूमिका खेलेका राप्रपा महामन्त्री धवलसमशेर राणा पनि हाजिर जमानीमा पर्ने २९ जनाको सूचीमा छन् । तर, उनका विरुद्ध दायर राज्यविरुद्धको मुद्दा फिर्ता भएको छैन ।राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित उक्त घटनासम्बद्ध केही व्यक्तिमाथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।