फत्तेपुर, साउन १ ।
कैलाश माझी : सप्तरीको सप्तकोशी नगरपालिका–स्थित श्री गोबर्धन बैरागी जनता माध्यमिक विद्यालय ले शैक्षिक क्यालेन्डरअनुसार वर्षे बिदा घोषणा गरेको छ। विद्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साउन १ गतेदेखि साउन २५ गतेसम्म विद्यालयको नियमित पठनपाठन बन्द रहनेछ।
विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पौडेल द्वारा जारी सूचनामा सप्तकोशी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले स्वीकृत गरेको शैक्षिक क्यालेन्डरअनुसार वर्षे बिदा दिइएको उल्लेख गरिएको छ।
विद्यालयका अनुसार साउन २६ गतेदेखि सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यक्रम पूर्ववत् सञ्चालन हुनेछन्। बिदा अवधिपछि विद्यार्थीहरू नियमित रूपमा कक्षामा उपस्थित हुन विद्यालयले अनुरोध गरेको छ।
यद्यपि, कक्षा ११ को नयाँ भर्ना प्रक्रिया भने वर्षे बिदाको अवधिमा पनि निरन्तर सञ्चालन हुने विद्यालयले जनाएको छ। भर्नासम्बन्धी कार्यका लागि विद्यालय प्रशासन प्रत्येक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म खुला रहने जानकारी दिइएको छ।
विद्यालयले अभिभावक तथा विद्यार्थीलाई तोकिएको समयभित्र विद्यालय प्रशासनमा सम्पर्क गरी कक्षा ११ को भर्ना प्रक्रिया पूरा गर्न तथा वर्षे बिदापछि साउन २६ गतेदेखि नियमित पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।