खैरो हेरोइनसहित दुई जना पक्राउ, नियन्त्रणका क्रममा प्रहरीले गर्‍यो हवाई फायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, साउन १८ गते

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरबाट खैरो हेरोइनसहित दुई जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

सप्तरी प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार पक्राउ परेकाहरूको साथबाट सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको छ। खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि हवाई फायर गरिएको बताइएको छ।

हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।