विराटनगरबाट २४ किलो ४०० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वे क्षेत्रबाट २४ किलो ४०० ग्राम लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले २०८३ असोज २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार बुधबार बिहान करिब ११ः३० बजे अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

प्रहरीका अनुसार BR 38 AE 0497 नम्बरको मोटरसाइकलमा दुई वटा ठूलो कालो प्लास्टिकको पोका बोकेर नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागेपछि रोकी खानतलासी गरिएको थियो।

कालो प्लास्टिकको पोका खोली जाँच गर्दा लुकाइछिपाई राखिएको २४ किलो ४०० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत, बिहार, अररिया जिल्ला, फुलकाहा–१ का २० वर्षीय प्रवेश कुमार साह र सोही स्थानका २० वर्षीय सुरेश कुमार साह रहेका छन्। प्रवेश कुमार साह मोटरसाइकल चालक रहेको र सुरेश कुमार साह मोटरसाइकलको पछाडि सवार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई गाँजा र BR 38 AE 0497 नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।