काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएपछि त्यसअघि नै स्थानीय तहको निर्वाचन गर्ने तयारी अघि बढाइएको छ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन करिब दुई महिनाअघि आगामी फागुनमै निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको बताइएको छ।
निर्वाचनको तयारीसँगै अन्तरजिल्ला तथा विदेशमा रहेका मतदातालाई समेत मतदानमा सहभागी गराउने विषयमा नयाँ विकल्पबारे काम भइरहेको जनाइएको छ। यसअन्तर्गत विदेश तथा अन्य जिल्लामा रहेका मतदाताले अनलाइन माध्यमबाट मतदान गर्न सक्ने व्यवस्थाका विषयमा समेत अध्ययन तथा तयारी भइरहेको बताइएको छ।
यसरी अनलाइन मतदानको व्यवस्था भएमा आफ्नो स्थायी मतदान केन्द्रभन्दा टाढा रहेका वा विदेशमा रहेका मतदातालाई मतदानमा सहभागी गराउन सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय तह निर्वाचनको मिति, निर्वाचन कार्यक्रम तथा मतदानको वैकल्पिक व्यवस्थासम्बन्धी अन्तिम निर्णय भने निर्वाचन आयोग र सम्बन्धित निकायबाट औपचारिक रूपमा सार्वजनिक हुन बाँकी रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।