सप्तरीको राजविराजमा ३२ क्विन्टल गाँजा बरामद, सीडीओ नेतृत्वको टोलीले गर्यो छापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी : सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित एक गोदाममा सीडीओ भोला दाहाल, जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका एसपीसहितको टोलीले छापा मारेर ३२ क्विन्टल (३,२०० किलो) गाँजा बरामद गरेको छ।

स्थानीय बाबा भुतनानाथ मन्दिर नजिक रहेको सो गोदामबाट गाँजासहित स्याउ, चिनी, सुर्ती र एक सिटविहीन स्कर्पियो समेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त गोदाम रोसन यादवको भए पनि घर नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहको भएको खुल्न आएको छ।

सीडीओ दाहालले एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड हुँदै गरेको देखेपछि अनुसन्धान गर्दा उक्त गाँजा बरामद भएको हो। प्रहरीका अनुसार गोदामको ताला फोडेर जाँच गर्दा ८० बोरामा प्याक गरिएको गाँजा फेला परेको थियो।

ललिता साह यसअघि रुपनी गाउँपालिकाको स्यानिटरी प्याड भ्रष्टाचार प्रकरणमा मुछिएकी थिइन्, जहाँ उनले विशेष अदालतबाट सफाइ पाए पनि अख्तियारले पुनरावेदन दायर गरिसकेको छ। हाल उक्त गाँजा प्रकरणमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।