लेनदेन बिगो मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, भदौ २८ गते ।

सुनसरीमा लेनदेन बिगोसम्बन्धी मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी एक फरार प्रतिवादी पक्राउ परेकी छन्।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–५ बस्ने ३३ वर्षीया सीता प्रधानलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुनसरी जिल्ला अदालत इनरुवाको २०८२ फागुन ३० गतेको फैसलाले लेनदेन बिगोसम्बन्धी मुद्दामा प्रधानलाई २ वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेकी उनलाई खोजतलास गर्ने क्रममा २०८३ भदौ २८ गते दिउँसो करिब २ बजे इटहरी–६ स्थित ट्याङ्ग्रा पुलबाट पक्राउ गरिएको हो।

पक्राउ परेकी प्रधानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।