सुनसरी, असोज १ गते ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ भोजपुर टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ र नगदसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति करिब ८ः१० बजे उक्त स्थानमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय मोहमद अफ्रोज हुसेनलाई खानतलासी तथा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनको साथबाट १५ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र रु. १८ हजार १८० नगद बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थ र नगदसहित हुसेनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।