रबि शर्मा
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ मा दुःखनी देवी धर्मशाला भवनको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्वर्गीय दुःखनी देवी साहबाट उपलब्ध गराइएको जग्गामा मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय माननीय श्री नवल किशोर साह सुडीज्यूको संसदिय विकास कोषमार्फत निर्माण गरिएको यो भवनको समुद्घाटन संघीय सरकारकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्री नवल किशोर साह सुडी (रामबाबु)ज्यूको करकमलबाट सम्पन्न भयो।
समारोह मिति २०८१ साल मंसिर २५ गते, मंगलवारका दिन बिहान ८:०० बजे दुःखनी देवी धर्मशाला, हनुमाननगरमा आयोजित थियो। कार्यक्रमको आयोजना सुडी समाज सेवा समिति, हनुमाननगर कंकालिनी नगरपालिका–९ ले गरेको हो।
विशेषताहरु :
नवनिर्मित धर्मशालामा बासको व्यवस्थासहित विवाह, बैठक, पार्टी तथा अन्य सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूका लागि उपयुक्त संरचना निर्माण गरिएको छ। धर्मशालाभित्र आवश्यक फर्निचर र सुविधा सम्पन्न कोठाहरू पनि उपलब्ध छन्।
यस भवनले धार्मिक, सामाजिक, र सांस्कृतिक गतिविधिहरूलाई थप सहज बनाउनुका साथै क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।