अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अछाम, साउन ३० गते।

अछामको मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब ११ः३० बजे लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने अन्दाजी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए।

घाइते बोगटीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारका क्रममा आज दिउँसो १ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न अटो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।